Tuesday, May 5, 2015

साहित्य (आत्तिएको)

साहित्य (आत्तिएको)



तँ आत्तिएको छस्,
म आत्तीएको छु..... !

तँ आत्तिएकी छेस्,
म आत्तिएको छु.......!

तिमी आत्तीएको छौ,
म आत्तीएको छु......!

तिमी आत्तिएकी छौ,
म आत्तीएको छु......!

ऊ आत्तिएको छ,
म आत्तीएको छु......!

ऊ आत्तिएकी छे,
म आत्तीएको छु......!

उनी आत्तिएका छन्,
म आत्तीएको छु......!

उनी आत्तिएकी छिन्,
म आत्तीएको छु......!

त्यो आत्तीएको छ,
म आत्तीएको छु......!

त्यो आत्तीएकी छे,
म आत्तीएको छु......!

तिनी आत्तिएका छन्,
म आत्तीएको छु......!

तिनी आत्तिएकी छिन्,
म आत्तीएको छु......!

तपाईँ आत्तिनु भएको छ,
म आत्तीएको छु......!

उहाँ आत्तिनु भएको छ,
म आत्तीएको छु......!

हजुर आत्तिनु भएको छ,
म आत्तीएको छु......!

यहाँ सब आत्तिएका छन्..!
कोहि गोजिको लागी आत्तिएका छन्,
कोही रोटीको लागी,
आफ्नो अनि आफ्नाको पेटको लागी..!
हो सब आ-आफ्नै सुरमा आत्तिएका छन्,
फरक यती न कि देशको लागी आत्तिने कोही भेटिएनन्...!

No comments:

Post a Comment

Comments system