Thursday, February 26, 2015

एकग्रताकी राज कुमारी











सिमसिम झरी,कठयाङ्ग्रिदो जाडो
कतै टाढा क्षितिजमा मौसमी धुप देखें !!

हरियो बनछेउ, फराकिलोमैदान
बिचको ढुङ्गा, त्यसमाथी उनी
सेतो सलमा एउटी स्वरुप देखें । ।

ज्यादै पर,तैपनी नजिक
लामो केश,सेतो पहिरन
सलक्क जिउडाल,सुहाउंदो उचाइ
मैले उनलाई गुपचुप देखें!!!

फाटेको बादल,उघ्रियो गगन
कौतुहलतामा बग्दै थ्यो मन
म समिप पुगें उनी हराउंदै गइन
नभन्दै हेर्दा हेर्दै विलाइन
निसङ्कोच मैले पनि उन्लाई खुब देखें । ।

बल्ल फर्कियो, कटेको एक्सिलेटर
शान्त धड्कन, धुकधुक मुटु
लामो सास अनी चिसो पानी
बल्ल सोचे उनी को??
एकग्रताकी राज कुमारी
चिम्लिए परेला
अनी मात्र उनको रुप देखें । ।


Saturday, February 14, 2015

गर्लफ्रेन्ड ...


गर्लफ्रेन्ड हो त उनि जस्ती..
हेर्दा तीन चार खुनी जस्ती!::


योगा गर्दा देख्या उनलाई
टक्क तपस्याकी मुनी जस्ती।

आंखा जुझे धेरैवटी सँग
अन्यौल थ्यो मन्मा कुनी कस्ती!??

आज आखिरमा भयो तय,
गर्लफ्रेन्ड हो त उनि जस्ती!l

झट्ट हेर्दा नशित त्यो चक्षु
माया नगर्ने बैगुनी जस्ती।

तैपनी मनको चाह यस्तै
गर्लफ्रेन्ड हो त उनि जस्ती!

नम्र नरम श्वाभाब तर;
रणमैदानकी भुनी जस्ती!!

हेर्दा तीन चार खुनी जस्ती !
गर्लफ्रेन्ड हो त उनि जस्ती।

(आएँ, प्रेम दिवस बिशेष)...!




तिम्रो आभाष पाएँ,अनि फर्केर आएँ
अड्किएको प्यास मनमा सर्केर आएँ।

भन्दै थिएऊ उनि तिम्रो लायक छैन
थाहा पाएँ र पानि जस्तै दर्केर आएँ।

बिटुलो भएनि हिजो चोखो छु आज
शास्त्ररुपी सुनपानी त्यो छर्केर आएँ।

तिम्रो स्पर्शको चाहना खड्केरै होला
नयाँ संबन्ध जोड्न भनि कर्केर आएँ।

चित्त नदुखाउन उन्ले यही छ चाह
सानो सानो कुरामानै म झर्केर आएँ।

ओकल्दै थीईन् बचनरूपी जहर
छिया छिया दील भयो चर्केर आएँ।

खै के छ यतार्थ थाहि छैन मलाई
उन्को धाक सुन्दा मन मर्केर आएँ।

त्यो तारा जुन चाहियो रे उनलाई
आफ्नो औकात सम्झेँ र तर्केर आएँ।।।

Tuesday, February 10, 2015

आउँदै छु ..


इन्द्रेणिको छाता लिएर
जागरुक सपनालाई प्रशन्नताको डोरिले बांध्दै ,
एकान्तको स्मृतिमा अन्तर्धान भएको
अदभुत उत्तेजना अंगालेर
म तिम्रो समिपमा आंखा मिचौली खेल्न आउँदै छु !

तिमी द्वारमा होऊ हातमा पुष्पकमल लिएर !
म दुरताको आलस्य पन्छाई
तिम्रा प्रतिक्षाका समयमा भाबनाको चङ्गा उडाइदिनेछु !!

दृष्‍टिको झुकाइलाई प्रकृतिको बन्धनले
एकत्रित एकोहोरो बनाइ
म प्रेमप्यासी प्याला उठाउदै छु !!

म त निम्तालु !
तिम्रा नितान्त प्रीथक हेराइको !

त्यसैले निम्त्याइएकोछु..
तिम्रा उपस्थितिका बेजोड कटाक्ष बाट !

अब भयबाट त्रस्त प्रयास हरु पल्टाउदै
फेरी म तिम्रोसमिपमा प्रेमबर्षा लिएर आउँदै छु ।

सुरुवातमा तिमी..!



जब तिमी मेरो दृश्यको
निकटमा आउछ्यौ..!
मेरा एकान्तका तिम्रा
स्मृतीका संबेगहरू अनायासै
आकाशबाट वर्सिएको असिनाझैँ
विलीन हुन थाल्छन्।


तिम्रा उत्सुक परेली
खण्ड खण्ड मेरा उश्रृङ्खल
उट्पट्याङ्को छोपनि लगाएर
आफ्नो बेमूर्त प्रेमाभाषको
संज्ञा दिएझै मेरो सम्पुर्ण
सन्तुलनलाई भताभुङ्ग पार्न थाल्छन।


मदहोश तिम्रो
कञ्चन सामिप्यताले
आखीरमा त्यो टकिलो उपस्थिती
मेरा निम्ती विशुद्द
निकटताको थालनी जस्तै लाग्छन्
अनि मेरो मन उड्न थाल्छन।


तर अझै पनि खुलस्त छैन
तिम्रो अगाडी पुग्दा अचानक
मेरो उत्तेजनाहरु
कतै लुकेको चिटचिटावटमा
रुपान्तरित हुन्छन्।


कुरा एक्कासी सकिन्छन्
आवाज धोत्रो हुन थाल्छन्
अनि ओठ सुक्न थाल्छन।


हैरान
सायद तिमीपनि

अबस्य त्यस एक क्षणको
झलकपछी मा पून:
नयाँ उत्साहको जागरण हुन थाल्छन्।।

Comments system