म आँखा सुन्निने गरी रुन्छु
मुख च्यतीने गरी चिच्याउँछु
फेरी मौन बस्छु
चुपचाप एकान्तमा कसैलाई पर्खीएर।
जब बर्षा हुन्छ
म उसलाई सम्झन्छु,
जब सीरसीर हावा चल्छ
फेरी उसैलाई सम्झन्छु
जतीखेरै
साँझ बिहान मध्यान्ह ।
त्यो हावामा उसलाई पाउछु
उसले मन्द मन्द फेरेको सासको बाफझैँ
मेरा कन्सीरीमा ठोकिँदा
म उसको
आलिङ्गनमा बाँधिएको महसुस गर्छु।
हिजो मेरो टाउको नुहिँदा
अडेस लगाउने उसको कुम थियो,
निदाउने उसको काख थियो
बास्तवमा ऊ मेरो मुस्कुरावटको
कारक थियो कारण थियो।
म पनि त उस्को चाहना थिएँ
मनबाट निखारीएको ईक्ष्या थिएँ,
उसको भनाईअनुसार
कहिल्यै नसकिने नरित्तिने
म उसको आकाङ्क्ष्या थिएँ
सपना थिएँ।
सब फगत उसका अनुभुतीहरु
सब झुट्टा उसका भावनाहरु
र पनि म उसलाई धोकेबाज भन्न सक्दिन,
उसले न बाचा गर्यो
न कसम खाएको थियो
न कसम खाएको थियो
तर एउटा गल्ती गरेको थियो
यो मेरो मन चोरेर लगेको थियो।
म हिजोलाई सम्झन्छु
अनि आजलाई नियाल्छु
तर केही फरक पाउँदिन
उसको कलापमा,
बस् एउटै नयाँपनमा गएर
मेरो कल्पनाले बीट मार्छ
मेरो कल्पनाले बीट मार्छ
हिजो म ऊ सँग थिएँ
आज अरुनै कसैसँग ऊ छ।
आज अरुनै कसैसँग ऊ छ।