म
अनि मेरा
फुस्रो आशाहरु
बिरानो उसको
झुटो बिवशताहरु।
तन्किँदै गरेका
कच्चा साईनोहरु
उसको बेतुक बाचामा
सलबलाई रहेको
मेरो ढुकढुकीहरु।।
निश्कलङ्क आवरण
भीत्र अन्यौल
चुकको मिश्रण
चहर्याईरहेको
मेरो मनको घाऊ।।
बेढङ्गे पर्खाई
अल्लारे याद
यादमा ऊ
उसको मप्रती बेवास्ता
स्वयममा घृणा ।।
फेरीपनि
उसकै चाहना
बालक मन्
जोडदार सपनामा
फिक्कापन्।।
अनि मेरा
फुस्रो आशाहरु
बिरानो उसको
झुटो बिवशताहरु।
तन्किँदै गरेका
कच्चा साईनोहरु
उसको बेतुक बाचामा
सलबलाई रहेको
मेरो ढुकढुकीहरु।।
निश्कलङ्क आवरण
भीत्र अन्यौल
चुकको मिश्रण
चहर्याईरहेको
मेरो मनको घाऊ।।
बेढङ्गे पर्खाई
अल्लारे याद
यादमा ऊ
उसको मप्रती बेवास्ता
स्वयममा घृणा ।।
फेरीपनि
उसकै चाहना
बालक मन्
जोडदार सपनामा
फिक्कापन्।।
No comments:
Post a Comment