Friday, November 18, 2016

कबिता

आँखा सुन्निने गरी रुन्छु
मुख च्यतीने गरी चिच्याउँछु
फेरी मौन बस्छु
चुपचाप एकान्तमा कसैलाई पर्खीएर।

जब बर्षा हुन्छ
उसलाई सम्झन्छु,
जब सीरसीर हावा चल्छ
फेरी उसैलाई सम्झन्छु
जतीखेरै
साँझ बिहान मध्यान्ह

त्यो हावामा उसलाई पाउछु
उसले मन्द मन्द फेरेको सासको बाफझैँ
मेरा कन्सीरीमा ठोकिँदा
उसको
आलिङ्गनमा बाँधिएको महसुस गर्छु।

हिजो मेरो टाउको नुहिँदा
अडेस लगाउने उसको कुम थियो,
निदाउने उसको काख थियो
बास्तवमा मेरो मुस्कुरावटको
कारक थियो कारण थियो।

पनि उस्को चाहना थिएँ
मनबाट निखारीएको ईक्ष्या थिएँ,
उसको भनाईअनुसार
कहिल्यै नसकिने नरित्तिने
उसको आकाङ्क्ष्या थिएँ
सपना थिएँ।


सब फगत उसका अनुभुतीहरु
सब झुट्टा उसका भावनाहरु
पनि उसलाई धोकेबाज भन्न सक्दिन,
उसले बाचा गर्यो
कसम खाएको थियो
तर एउटा गल्ती गरेको थियो
यो मेरो मन चोरेर लगेको थियो।

हिजोलाई सम्झन्छु
अनि आजलाई नियाल्छु
तर केही फरक पाउँदिन
उसको कलापमा,
बस् एउटै नयाँपनमा गएर
मेरो कल्पनाले बीट मार्छ
हिजो सँग थिएँ
आज अरुनै कसैसँग छ।

No comments:

Post a Comment

Comments system