Tuesday, September 13, 2016

गजल

म बाचेँ बाँचीरहेँ गर्नु के ?? डाह जीवनसँग
चुल्ठी पनि त बन्धकी छ, सँधै रीवनसँग

जब म रुझ्थेँ, रुन्थेँ अनि म रुन्थेँ फेरी रुझ्थेँ
खै किन राख्न सकिन मैले ?? नाता सावनसँग

सँधै जताईदिन्छ साँझले, नौलो आभाष
यधपी कठिन गुनासो छ, गर्न पवनसँग

कोही मुटुमा बस्छन् कोही आँखामा मात्रै
हो एलर्जी छ मलाई कसैको, याद सेवनसँग

म पनि त्यही अनौठो, दुनीयाबीच छु
जहाँ साटिन्छ सिर्फ, प्रेम यौवनसँग 

No comments:

Post a Comment

Comments system