Saturday, January 9, 2016

कबिता


अनि मेरा
फुस्रो आशाहरु
बिरानो उसको
झुटो बिवशताहरु।

तन्किँदै गरेका
कच्चा साईनोहरु
उसको बेतुक बाचामा
सलबलाई रहेको
मेरो ढुकढुकीहरु।।

निश्कलङ्क आवरण
भीत्र अन्यौल
चुकको मिश्रण
चहर्याईरहेको
मेरो मनको घाऊ।।

बेढङ्गे पर्खाई
अल्लारे याद
यादमा ऊ
उसको मप्रती बेवास्ता
स्वयममा घृणा  ।।

फेरीपनि
उसकै चाहना
बालक मन्
जोडदार सपनामा
फिक्कापन्।।

Wednesday, January 6, 2016

पल्ला देशकी लब्ली

कमिला झिँगाको रजाईँमा शरीरलाई सुम्पेर
पल्ला देशकी लब्ली यता
धुईँ मच्चाई रहेकी ,
के पल्ला देश,
के वल्ला देश
सब झुम्दैछन् लब्लीको अर्धनग्न
पिठ्यु तिघ्राको नशामा....!!


अझ उसको जवानी मिसीएको
भोट्का रमको क्वाटर पेगमा
सबै आफैलाई भुल्दैछन्।
अहो !!
त्यो स्वर्गीय आनन्दको मादकता,
उफ !! 
सम्हाल्लिने कसरी ..??

क्या सिपालु छे लब्ली,
साँढे जस्तै लोग्ने मान्छेहरुलाई
आफ्नो वरीपरी नचाउन...
बस् उफ्रिदिए पुग्छ,
छातीको दाना
तिघ्रा हल्लाएर...!!!


बडेमान शानमा अन्धो भएका मनहरु
बैँसको उत्तेजनाले मातिएको तनहरु,

झुम्दैछन् रम्दैछन् स्वयमको अस्तीत्व मेटाएर  !!!

Comments system