Monday, August 17, 2015

( रुदैछ देश )

भ्रस्टाचारले गल्दा, रुदैछ देश
 र युवा अन्तै चल्दा, रुदैछ देश

सुगन्धित थियो फूल बास्ना सब
पीडाको बिष फल्दा, रुदैछ देश

जतै टुक्रा टुक्रा आफ्नै सन्ततिको
भरोशा आड ढल्दा, रुदैछ देश

सुक्क सुक्क रोदन मलिनो छ तर
पीडाले छाती जल्दा, रुदैछ देश

कबिता..!


सब भ्रम हुन्,
सब नाटक,
सब
नौटङ्की समाज
नौटङ्की संबन्ध
अनि
नौटङ्की साहिनो...!
उफ !! ...
छोरी बावुबाट लुटीन्छे
भतीजी काकाबाट
अनि
बहिनी दाईबाटै...।

अझ पिडितलाई
कुलङ्धारको संज्ञा ?
किन अन्यौल ??
किन कुठाराघात ???
निस्कलङ्कीत आँखाहरुमा
सजिएका ती
अबोध सपनाहरुमा
किन तुषारापात ??

खै कस्ले बुझ्या ?
कस्ले जान्या ??
कुमनको साँधको फोहोरहरु
दुर्गन्धीत चउरहरु
अनि
उजाड पिडाको
अत्याशीलो पहाडहरु..!!


कसरी तुह्याईन्छन्
कलीला भविष्यहरु,
कसरी निमोठिन्छन्
कोमल आत्माहरु,?
अनि
कसरी हत्याईन्छन्
बबुरो कानुन र यसले दिएको
टुसा अधिकारहरु....!!


को दोषी ?
को निर्दोषी ??
किनिएको न्याय
किनिएको फैसला,
हरे !!!
समय बौलाएको,
अपराघ मौलाएको
अनि
हामी मुकदर्शक
हाम्रो सोँच कठोर,
मौनता कठोर...!


चाहन्छ के ?
परिबर्तनको लागी सम्भोग,
गर्छ के ??
अराजकताको रोपनी
जन्मन्छ के ???
ब्यभिचार र अत्याचार
अनि हुर्कन्छ के ????
कुण्ठा र प्रतीशोध....!



हो यस्तै छ समाज
यस्तै छन् मानिस..!
डाहमा निपुर्ण,
अहङ्कारले भरीपुर्ण......

नेपाल बन्दै छ


कसैको ज्यान बड्दैछ,
धेरै त भिख माग्ने हात बड्दैछ,
नयाँ तरीका बड्दैछ,...

 एकलौटी ढुकुटीको
साईज बड्दैछ,
सबै भाग्यमानी
आलीशान महल बन्दैछ,


 हो त नेपाल बन्दैछ,
नेताकै सर्वोपरी

 नयाँ नेपाल बन्दैछ।


जनताको पेटमरी
नयाँ नेपाल बन्दैछ।

( ‎बन्द )‬

धारो बन्द छ,
गरीब जनताको
चुलो बन्द छ,
गरीखाने त्यो
बाटो बन्द छ,...
हो त
लाटो जनताको
मुख बन्द छ,
बहिरो सरकारको
कान बन्द छ,
कानो सरकारको
आँखा बन्द छ,
स्वार्थी नेताको
दया बन्द छ,
अँ नेपाल
सँधै बन्छ छ।


गजल



आजकल प्रेमका अनेक रंग देखीन्छन्,
र कोही यही प्रेममा खुसी दंग देखीन्छन्।


हाँसखेल रमाईलो त रीत जीन्दगीको
यही नियम अंगाल्ने नाङ्गा अंग देखीन्छन्।।

दुई दिन पछी दुखी हटेर बिस्वासरु
अनि हानाथापले गोप्यता भंग देखीन्छन्।

र पनि मजा छोटो समयमै सायद त्यो
पुर्णप्राप्ती सन्तुष्टि मन्मा उमंग देखीन्छन्।

अजिब छ दुनिया अजीबका जनहरु
अरुलाई सिकाउने क्या ढंग देखीन्छन्।

Comments system