Monday, August 17, 2015

( ‎बन्द )‬

धारो बन्द छ,
गरीब जनताको
चुलो बन्द छ,
गरीखाने त्यो
बाटो बन्द छ,...
हो त
लाटो जनताको
मुख बन्द छ,
बहिरो सरकारको
कान बन्द छ,
कानो सरकारको
आँखा बन्द छ,
स्वार्थी नेताको
दया बन्द छ,
अँ नेपाल
सँधै बन्छ छ।


No comments:

Post a Comment

Comments system