कमिला र झिँगाको रजाईँमा शरीरलाई सुम्पेर
पल्ला देशकी लब्ली यता
धुईँ मच्चाई रहेकी छ,
के पल्ला देश,
के वल्ला देश
सब झुम्दैछन् लब्लीको अर्धनग्न
पिठ्यु र तिघ्राको नशामा....!!
अझ उसको जवानी मिसीएको
भोट्का र रमको क्वाटर पेगमा
सबै आफैलाई भुल्दैछन्।
अहो !!
त्यो स्वर्गीय आनन्दको मादकता,
उफ !!
सम्हाल्लिने कसरी ..??
क्या सिपालु छे लब्ली,
साँढे जस्तै लोग्ने मान्छेहरुलाई
आफ्नो वरीपरी नचाउन...
बस् ऊ उफ्रिदिए पुग्छ,
छातीको दाना र
तिघ्रा हल्लाएर...!!!
बडेमान शानमा अन्धो भएका मनहरु
बैँसको उत्तेजनाले मातिएको तनहरु,
झुम्दैछन् रम्दैछन् स्वयमको अस्तीत्व मेटाएर !!!
No comments:
Post a Comment