Sunday, March 13, 2016

लैजाउ...

लैजाउ तिम्रा सम्पुर्ण नासोहरु
हो पुर्णफिर्ताको माईक लगाएर।

पारीदेऊ धुजाधुजा
मेरा निम्ती टुसाएका
फुस्रा संवेगका संवेदनाहरु,
बनाईदेऊ छिया-छिया
मेरो यादको समर्पणहरु।।

अँ सबथोक फिर्ता लैजाऊ
बाट टाढा
अझै टाढा
बर्तमान परिस्थिती भन्दा पनि निकै  !!

यसो गर
लैजाऊ तिम्रो कल्पनाको
बिह्वल भग्नाबसेस स्मरणहरु।

पारीदेऊ तितरवितर
तिम्रो आभाषहरु,
पारीदेऊ टुक्का-टुक्रा
तिम्रो सम्झनाहरु,,
पारीदेऊ खण्डखण्ड
तिमी प्रतिको मेरो चाहनाहरु।

सक्छौ  ??
सक्छौ ,
ईच्छा लैजाऊ,
आकाङ्क्ष्या अनुभुती लैजाऊ।

तिम्रो सब
सबै मेरा बिषमताको
कारकहरु लैजाऊ,
जुन तिमीबाट सिर्जित
भएको थियो, हुनेछ।

डर मलाई यती ,
कि
तिम्रो चाहनाको भुमरीमा
गहिरीएको यादको बिन्दुहरु
कतै मुटुमा रुझल प्वालको
थोप्ला बनाउने सियोको
चुच्चो नबनोस् ...!!!!!!!!

No comments:

Post a Comment

Comments system