जब तिमी मेरो दृश्यको
निकटमा आउछ्यौ..!
मेरा एकान्तका तिम्रा
स्मृतीका संबेगहरू अनायासै
आकाशबाट वर्सिएको असिनाझैँ
विलीन हुन थाल्छन्।
तिम्रा उत्सुक परेली
खण्ड खण्ड मेरा उश्रृङ्खल
उट्पट्याङ्को छोपनि लगाएर
आफ्नो बेमूर्त प्रेमाभाषको
संज्ञा दिएझै मेरो सम्पुर्ण
सन्तुलनलाई भताभुङ्ग पार्न थाल्छन।
म मदहोश तिम्रो
कञ्चन सामिप्यताले
आखीरमा त्यो टकिलो उपस्थिती
मेरा निम्ती विशुद्द
निकटताको थालनी जस्तै लाग्छन्
अनि मेरो मन उड्न थाल्छन।
तर अझै पनि खुलस्त छैन
तिम्रो अगाडी पुग्दा अचानक
मेरो उत्तेजनाहरु
कतै लुकेको चिटचिटावटमा
रुपान्तरित हुन्छन्।
कुरा एक्कासी सकिन्छन्
आवाज धोत्रो हुन थाल्छन्
अनि ओठ सुक्न थाल्छन।
म हैरान
सायद तिमीपनि
अबस्य त्यस एक क्षणको
झलकपछी म मा पून:
नयाँ उत्साहको जागरण हुन थाल्छन्।।
No comments:
Post a Comment