Monday, March 9, 2015

कबिता (प्रेम अनी भरोसा)





(प्रेम अनी भरोसा)


इमानले भासिएको जीवनरुपी वास्पमा
ईन्द्रधनुसको रङ्ग मिसाइ;
चित्रकारले दर्शाउन नसक्ने
सुन्दरताको प्रधान अङ्शमा
निर्लज्जताको ढङ्ग मिसाइ
आँफै कटुस्पर्स खडाइएको छु
!!!


बुझ्न खोज्दै छु प्रेमको पारीभाषा ;
चलायमान प्रेमक्षयको झिल्को!!!
अनी त्यसबाट निर्मित
नजरको धोखा '
किनकी मलाई लाग्दथ्यो
प्रेम भरोसाको
अनिर्वाचनिय भाव हो ..!!!


तर
बर्तमानबाटै किनिएको भविस्यमा;;
मुल्यहिन मित्रको आभाष जस्तै
निस्ठुरताको सिपीमा
महत्व काङ्क्षा को मोती पालेर
प्रेम
शत्रुबासनाको चित्तब्रित्त दर्शाउदै !!


प्रेम अनी भरोसा
बाझिएका छन आपसमा;
प्रेम मानिएको इर्ष्यालु हासोमा जब
भरोषारुपी मनको बोझ खोलिन्छ
त्यसपश्चात शुरु हुन्छ योबनको बायु
!!


कारुणिक तर सुन्दर पृष्ठभुमीको
जीबन बनेको समयमा
आगो माथिको आगो जस्तै
प्रेम भरोषा
तछाड माछाड गर्दै
रक्तप्यासी जुका भएर
देखाउदै छन
रक्त अङ्गिज तमासाहरु,!!


अन्त्यमा
मलाई लगिरहेछ...
प्रेमले आफ्नै साँच्चीत प्रतिबिम्ब गुमाइरहेछ :;/
पनि भरोसालाई
आफ्नै पर्याबरणमा घुमाइरहेछ !!!!

No comments:

Post a Comment

Comments system