Monday, March 9, 2015

(ऊ १.)



कबिता (ऊ १.)  

आफ्नै छायाँविरोधी चिजका
वैगुनताको परिभाषा विपरित
मोहयुक्त छाँगाको सल्बलावटबाट
अघोरी लहराहरुका शीतहरुलाई
खाडलको पिंधबाट चुन्दैछ|


कुहिएर मक्किएको चोयाको
झोलुङ्गोमा आफ्नो शरिर विसाई
भत्किएको पालीको पाखो हेर्दै
दुनियाभरमा जलेको आगो निभाई
ढुकढुकीको संगीत सुन्दैछ |


यधपि श्वाभिमानी श्वतन्त्र ,
त्यसैले;
पारेर बिरङ्गी अनायादका सपना
दौडिएका धराशायी तरङ्गहरुमा
अजम्बरको आशाका डोरिहरु बाटेर
कोपिला फुलको बोटहरुमा
भावनाको बुट्टा बुन्दै |


मनमुग्ध कोकिलको स्वरमा
अगी बढिरहेका पाइलाहरुलाई
कर्तव्यकेन्द्रित बनाई नजरको
विभुषित गरि मनको हौशलालाई
कृतज्ञताको टुक्का गुन्दैछ

No comments:

Post a Comment

Comments system