Thursday, July 23, 2015

(मैले बिर्सिएछु)

मेरो पनि देश थियो मैले बिर्सिएछु,
आफ्नो छुट्टै भेष थियो मैले बिर्सिएछु।

जब रुन्थीन प्रीया अँगालोमा बेरीई
मुलायम केश थियो मैले बिर्सिएछु।

रहरले कहाँ हो र म पलायन भ को
त्यहाँ कस्तो ऐश थियो मैले बिर्सिएछु,।

जब च्याप्थ्यो बिवशताले कर्याप्प घाँटी,
 कहाँ कस्को द्धेष थियो मैले बिर्सिएछु।

No comments:

Post a Comment

Comments system