Friday, July 24, 2015

के म जिउँदै छु ??


धमनी र शीरामा बहनको
संचार महसुस गर्न सक्छु,
मधुर मन्द मन्द पवनको
स्पर्श महसुस गर्न सक्छु  !!
जगतको प्रत्येक प्राणीहरुले
मप्रती जगाएको
श्रद्धा महसुस गर्न सक्छु।।


हो म वरीपरी कोलाहालको
नमिठो धुन महसुस गर्न सक्छु,
मेरो गमनबाट दु खी हुने आत्माको
पिडा महसुस गर्न सक्छु !!
भावबिहोर सेतो कात्रोभित्र
म सबथोक महसुस गर्न सक्छु।।

बाँसको खपैचाबाट बनेको
घारोमाथी बसेर म,
एकोहोरो शंखको त्यो
कम्पन महसुस गर्न सक्छु  !!
म प्रत्येक बुर्काको टिकटिक
आवाज महसुस गर्न सक्छु।।

म मलामी भनिएकाको पनि
गुनगुन गरीएको बिभिन्न,
भलाकुसारी महसुस गर्न सक्छु।
मेरा ज्ञानेन्द्रियमा उठेको अनौठो
तरङ्ग महसुस गर्न सक्छु ।
संसारीक गतिबिधीको हरेक
उत्पादनहरुलाई समर्पण गर्न सक्छु,
हरीयो बाँसको घारो र
सेतो कात्रोभित्र खुम्चिन बिवस
म सन्नाटामा उब्जित प्रत्येक
अनुभुतीहरु महसुस गर्न सक्छु...!!!!!

तर अझैपनि किन
मलाई मृत घोषित गरीयो  ??
एई दुनिया कोही त भनिदेओ,
बोलिदेओ मेरो मुखौटे बनेर..!!
म मरिसकेको छैन भनेर..!!

जीवीत मलाई घाटमा लाँदा,
म मा यही संकोच लाग्दैछ,
घोच्दैछ अनि पिरोल्दैछ...!
म अझै अन्यौलमा छु..!!
के म जिउँदै छु ?????

No comments:

Post a Comment

Comments system