Tuesday, September 8, 2015

कबिता


जब तिमी ओठ टोकेर
केही सोचे झैँ गर्छौ,
गमे झैँ गर्छौ अनि
बुझे झैँ गर्छौ,
त्यसपश्चातको हर्षमा हराएर
जब तिमी
आफैलाई सम्हाले झैँ गर्छौ...!!!

उफ  !!
त्यो मादीलो रहरको बाँधहरु
भरीएर छल्किएको नयनका तिर्खाहरु,
तृषीत ओठका कम्पनहरु,
उश्रृङ्खल अबयबका संचारहरु...!!

तलतलीँदो आँतको निस्शाहरु,
यौवनकालिन अपर्झटका किस्साहरु
सम्झनाका तरेलीमा बगेका
भीर पाखा कुना कन्दराहरु,
सबलाई मात खुवाउँदैछन...

तिम्रो स्वरुपका छटाहरु....!!!

No comments:

Post a Comment

Comments system