बेचैनीपुर्ण जीन्दगीबाट मुक्ती पाउन तथा आफ्नो मनबाट एक्लोपन हटाउनको निम्ती मायाँको आवस्यकता पर्दो रहेछ।यसैले होला हाम्रो समाजमा नायक तथा खलनायक दुवैलाई मायाँको आवस्यकता पर्या। मायाँको शुरुवाती सन्दर्भ अझै कसैलाई पनि ज्ञात छैन, न त पछाडीनै हुनेछ। यो त केवल एक भाव हो जसले महशुस गर्यो त्यहि मायाजालमा पर्यो। तरपनि मायाँको व्यापकता अहिले यसरी फस्टाउँदै छ कि यसबाट नै मानिस महामानब हुन पुगे।
वास्तवमा हुन पनि हो,माया ईश्वरीय शक्ति हो।नत्र हाम्रा महान व्यक्ति रामतिर्थ यसै जान्ने थिएनन् होला कि यो निन्द्राबस्था र जागृत अबस्थामा पनि माया या भ्रम सिवाय अरु केहि छैन। उनको बिचारमा माया र भ्रम एकनासे कुलो जस्तो लागेछ,जुन भलमा मात्र आफ्नो वास्तविक रुपमा उपस्थीत हुन्छ। मायालाई विभिन्न मनहरुबाट भिन्न भिन्न किसिमले नियाल्न सकिन्छ। माया र छाया; एउटै एउटै उच्चारण आउन खोजेकैले होला विद्वीन कवीर भन्छन् "माया र छाया एकसमान हो।"बास्तवमै माया र छाया भाग्नेको पिछा गर्छन् र जसले यिनको पिछा गर्छ उसको अघि- अघि भाग्छन्।हाम्रो समाजमा अथवा समाजको व्यक्तिहरुको दिमागमा मायाको भ्रम यस्तो सक्रिय तवरबाट चम्किएको छ कि ! उनीहरु सोँच्छन माया बिनाको संसार अध्याँरो छ।
हो संसार उजिल्याउन मायाको आबस्यकता त पर्छनै यधपी माया भन्दा बढी आशा अनि भरोषा चाहिन्छ। जसले आशा तोड्यो उसको भबिष्य हुँदैन र जसले भरोषा तोड्यो उसको भविष्यसँगै बर्तमाननै सखाप हुन पुग्छ। आज भोलि हाम्रो वरिपरि केटी केटा र केटीहरु एक आपसमा आँखा जुध्दा मायाको आभाष पाउँछन् रे!। उनीहरुलाई लागेछ मायानै मन पराउनु हो जुन यौवनकालिन उन्मादका लागी पर्याप्त हुन्छ। तर मायाँ त एकछिन मन पराउनुमा छैन, यो त युगानान्तकारी समयसगैँ कहिल्यै नडग्ने र कहिल्यै परिवर्तन नहुने हुनुपर्दछ। तर हाम्रो समाज मात्र नभई महामानब तथा हामीले मान्ने गरेका भगवानहरुपनि मायाँ गर्न पुग्दा रहेछन्- छोरी मानिससँग। गणेशजीको दुईटी थिए तथा महादेवले तीन वटी आफ्नो भेष परिवर्तन गरी फसाएका थिए त केवल श्रापको बाहाना गरेर, अब सोह्रसय स्त्रीपति कृष्णको त के कुरा।
ठ्याक्कै भन्न त मिल्दैन तर मनको संबेदनामा मायाँको छाप खाली आकाङ्क्ष्याप्राप्तीमा डुवेको छ।आजकलका युवाहरु मायाँको परीभाषा बदल्न खुव खप्पिस छन्।यदि यसरीनै मायाँ शब्दमा मनुष्य बचनको खोट थुपार्दै जाने हो र प्रत्येकको चेतनामा मायाँको तुषारापात गराउने हो भने यसको औचित्य रहला भन्न सकिँदैन ।
मायाँलाई हामीले सफलताको भ्रुणको रुपमा लिनुपर्छ।जसबाट पछि बिकासोन्मुख सृजनाको आश गर्न सकियोस्।व्यपकतासँगै फस्टाएको यसको बिकराल रुप कसैले कसैलाइ सुनाउनु चिनाउनु त पर्दैन नै तर यथार्थपरक तवरको टिप्पणी गर्न पाउनु सबको हक हो.!
मायाँ एक केटा मानिसले अर्की केटी मानिसलाई गर्ने भाव हो। यसैकारणले मायाँलाई बिपरीत लिङ्गीसँग तुलना गर्न मिल्छ, जस्तै मायाँलाई छोरी मानिससँग तुलना गर्न मिल्छ-छोरा मानिसका लागी। मायाँ प्रेम स्नेह यी सब एकै किसीमका शब्दार्थ हुन्।यसको बीजारोपण मुटुबाट हुन्छ र अवशान युद्धबाट। सायद मायाँको शुरुवात युद्धअगी हुनुपर्छ।मायाँकै कारण थुप्रै घटना घटेका र घटाईएका स्वयम प्रतक्ष्यकर्ता हुने धेरै छन्। नत्र त्यसै हुने थिएन महाभारत युद्ध न त रामायणको रचना, न त जीशस क्रसमा झुण्डीनु पर्थ्यो । यीनीहरुमात्र नभई यहाँ बिस्वध्वस्तान्तको अबस्था सृजना गर्ने पहिलो र दोस्रो विश्वयुद्ध पनि यसैको उपज होईन भन्न नमिल्ला।
तर मायाँ किन यस्तो ?? आमा र बुवाको, दाजु र बहिनीबीचको स्नेहलाई सायदै बताउनु पर्ला । आज यस ब्रहमाण्डमा पृथ्वीपनि आफ्नो अस्तित्व रक्षाको निम्ती शुर्यको परिक्रमा गर्न भुल्दैन न त शुर्यनै आफ्नो सन्तानरुपी ग्रहहरुलाई आफ्नो स्वयमको घेराईबाट बाहिर जान दिन्छ।यसभन्दा ज्यादा मातृ प्रेमको उदाहरण के हुन सक्छ ??
अब मायाको परीभाषा दिन कोही जानिफकरलाई बोलाउनुनै पर्दैन, सबै बुज्रुक भैसके। मायालाई सिर्फ देखावटी आडम्बरमा उभ्याउनु भन्दा मर्माहत घाउको कोषमा पुगेर नयाँ कोष बिभाजनको प्रकृया चाँडै चलाउनुनै उत्तम होला । अब यसरी सम्झने समय आएको छ कि " माया भ्रमात्मक दृश्यको सागमा फैलिएको तरङ्ग हो ", "यसबाट बच्न र हामीले चाहेनुरुपको पुर्णता लिन खोजे, यसबाट प्रकट हुने सुनामीसँग लड्ने क्षमता राख्न सक्नुपर्छ।"
No comments:
Post a Comment